मंगलबार, असार १०, २०८२

पर्सामा सवारी दुर्घटनामा परेर एक वर्षमा ५१ जनाको ज्यान गयो

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

पर्सा- आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१ जनाले ज्यान गुमाएका छन्। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए। 

आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो। प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए। आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए।

प्रकाशित: Jul 28, 2024| 07:28 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्