शनिबार, भदौ ६, २०८३

रेल्वे लिकमा दुवै खुट्टा अड्किएपछि...

 |  शनिबार, साउन १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन १२, २०८१

जनकपुर–जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाएका छन्। जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन्।

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए।

लिकमा अल्झेका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिए। दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो।

प्रकाशित: Jul 27, 2024| 17:00 शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्