शनिबार, चैत २८, २०८२

तीन दशकपछि सडक कालोपत्रे

 |  शनिबार, साउन १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन १२, २०८१

तनहुँ- करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।

National life

भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।

तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी र्दिए।

आर्थिक वर्ष २०८०–८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो। यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ।

नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ।

kumari

नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दै लैजाने प्रमुख त्रिपाठीले बताए।

प्रकाशित: Jul 27, 2024| 07:43 शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्