सोमबार, भदौ २३, २०८२

मनसुनजन्य विपद्‌बाट देशभर १३९ जनाको मृत्यु

 |  शनिबार, साउन १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १२, २०८१

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
 
बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। विपद्मा परी एक सय ५६ जना घाइते भएका छन्।
 
बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित: Jul 27, 2024| 05:45 शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्