आइतबार, भदौ २३, २०८१

nespernesper

कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आज राजीनामा दिएका छन्।

triton college

प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले संयुक्त रूपमा राजीनामा दिएका छन्।

मुख्यमन्त्री कार्कीले विकाशित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समीकरण नरहेको अवस्थामा राजीनामा दिएकोमा धन्यवाद तथा ७५ दिनसम्म सत्तामा रहेर गरेको महत्वपूर्ण सहयोगका लागि आभार व्यक्त गरे । ‘अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भए पनि हामीबीच राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिक हुने विश्वास छ’, उनले भने । 

माओवादी केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको जानकारी दिए। 

प्रकाशित: Jul 26, 2024| 19:07 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्