मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

काठमाडौं- आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। 

National life

हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। 

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।  

नकर्मीको हिजो निधन भएको हो। फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ। 

‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ। उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन्।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 26, 2024| 19:24 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्