मंगलबार, पुस ८, २०८२

मालिका गाउँपालिकामा 'एक घर, एक धारा'

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ।

National life

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार ७ सय ३२ रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न भएको हो। आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिए।

तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उनले बताए। यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो। घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताए।

'धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ', उनले भने, 'स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ।'

स्वस्थ र सफा खानेपानी आपूर्ति हुन थाले दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ। खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ। 

Laxmi sunrise bank
kumari

नेवाको १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको ६ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि एक लाख ६८ हजार छ सय ९३ नगद संकलन गरेका उपभोक्ताहरुले सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ।

आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताइन्।   -रासस 

प्रकाशित: Jul 26, 2024| 20:31 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्