शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार

 |  शुक्रबार, साउन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

पाल्पा- तानसेन नगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो।

triton college

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख र मौरीजन्य सामग्रीका लागि २० लाख रुपैयाँ वितरण गरिएको नगरपालिकाले जनाएको छ।

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो। रासस

प्रकाशित: Jul 26, 2024| 17:31 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्