मंगलबार, पुस ८, २०८२

चारवर्षमा पनि पुनःस्थापित भएनन् पहिरो पीडित

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

किमाथाङ्का- यहाँको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ। विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ–१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए।

National life

पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो। घर निर्माण हुन नसक्दा पहिरो पीडित अझै पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।

समयमा घर निर्माण हुन नसक्दा विस्थापितको चार वर्षसम्म पुनःस्थापना हुनसकेको छैन। जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा रकम प्राप्त नभएपछि गत माघबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका–७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताए। सरकारले घर निर्माणका लागि उपलब्ध गराउने रु पाँच लाख रकम जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्राप्त नहुँदा घर निर्माण रोकिएको कार्यवाहक वडाध्यक्ष कुसुलेको भनाइ छ।

उनका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ। अन्य घरको २५ प्रतिशत काम भएको छ। पहिरोबाट विस्थापित भएको दुई वर्षपछि पहिरो पीडितको घर निर्माण थालिएको थियो। घर निर्माण रोकिएपछि अस्थायी टहरामा बस्दै पीडित परिवार थप पीडामा परेका हुन्। पीडितका लागि सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो।

पहिरो पीडितको आवास निर्माणका लागि पाँच लाख ५० तोकिएको थियो। उक्त रकम प्राविधिकको मुल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपैयाँ मात्र भुत्तानी पाएको पीडितको भनाइ छ। भैरे डाडाँमा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो।

Laxmi sunrise bank
kumari

पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ घर बखल्टुमटार र ५५ घर खाँदबारीमा अस्थायी टहरामा बसिरहेका छन्। पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलब पाँच रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब पाँच रोपनी ३४ लाखमा खरिद गरी संयुक्त रुपमा रजिस्ट्रेशन पास गरिएको छ। यहाँका नौ घर पहिरोले बगाउँदा ११ जना बेपत्ता भएका थिए।  -रासस

प्रकाशित: Jul 26, 2024| 20:01 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्