मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • युवकसँग गेष्टहाउसमा बसेकी युवती अचेत फेला, उपचारको क्रममा मृत्यु

युवकसँग गेष्टहाउसमा बसेकी युवती अचेत फेला, उपचारको क्रममा मृत्यु

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

ललितपुरको ग्वार्कोस्थित एक गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ। 

National life

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा २१ वर्षीया युवती शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। युवतीलाई होटल सञ्चालकले बिएण्डबी अस्पतालमा उपचारका लागेका थिए। उपचारको क्रममा बिहान ७ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मकवानपुर घर भएकी ती युवतीको परिचय प्रहरीले खुलाएको छैन। उनी गएराति ९ बजेतिर गोदावरी नगरपालिका-८ डुकुछाप घर भई सातदोबाटोमा बस्दै आएका २६ वर्षीय सन्दिप विकसँग गेष्टहाउसमा पुगेकी खुलेको छ।

बिहान युवती बेहोस भएको र युवकलाई पनि सास फेर्न कठिन भएको भनेपछि सञ्चालकले दुवैलाई अस्पताल लगेका थिए। होटलको शौचालयमा बान्ता गरेको प्रहरीले फेला पारेको छ। के कारणले उनको मृत्यु भएको भन्ने अहिलेसम्म खुलेको छैन। युवकको हाल बिएण्डबी अस्पतालमै उपचार जारी छ। 

प्रकाशित: Jul 26, 2024| 10:05 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्