मंगलबार, पुस ८, २०८२

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

National life
Laxmi sunrise bank
kumari

म्याग्दी- रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए। ‘लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ’, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भन्नुभयो। 

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन्।

प्रकाशित: Jul 26, 2024| 09:24 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्