सोमबार, भदौ २३, २०८२

कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु 

 |  शुक्रबार, साउन ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

vianetvianet
Kumaribank
Metro Mart

चितवन- नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्। 

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 26, 2024| 09:21 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्