शनिबार, चैत २८, २०८२

राप्ती खोलामा बगेर एक जनाको मृत्यु

 |  शुक्रबार, साउन ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ११, २०८१

National life
kumari

बागमती- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा बगेर आज एकको मृत्यु भएको छ। 

उपमहानगरपालिका–१ स्थित तरकारी बजारमा मजदुरी गर्दै आएका ३५ वर्षीय राजु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

खोलाले बगाइ ल्याएको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याएको र तत्कालै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रकाशित: Jul 26, 2024| 08:00 शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्