मंगलबार, पुस ८, २०८२

प्राक्टिकलमा फेल भएका विद्यार्थीले शिक्षक कुटे

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

गोरखाको पालुङटार नगरपालिका–४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयका शिक्षक आशिष रानाभाटमाथि हातपात भएको छ। नेपाल विद्यार्थी संघ निकट युवाहरूले बिहीबार दिउँसो शिक्षालय परिसरमै पुगेर उनीमाथि हातपात गरेका हुन्।

National life

विद्यार्थीहरुले शिक्षकको कार्यकक्षमा रहेको टेबल, विभाग प्रमुखको मोबाइल र ल्यापटप तोडफोड गरेका छन्। विद्यार्थी श्यामहरि संग्रौलालाई शिक्षक रानाभाटले आफूले अध्यापन गराउने सर्भे विषयको प्रयोगात्मक परीक्षामा पटकपटक फेल गराएको समूहले आरोप लगाएको छ। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले घटनापछि विज्ञप्ति जारी गर्दै प्रयोगात्मक परीक्षाको सबै काम गरे पनि नियतवश अनुत्तीर्ण गराएको भन्दै आपत्ति जनाएको छ।

‘शैक्षिक वर्ष २०७७ मा सोही शिक्षालयमा भर्ना भई डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत छात्र संग्रौला उहाँलाई मन परेन छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निज प्रशिक्षकको सर्भे विषयमा प्रत्येक सेमिस्टरमा सीटीईभीटीले लिएको बाह्य परीक्षा उत्तीर्ण हुँदा प्रयोगात्मक परीक्षामा आग्रहपूर्ण तरिकाले अनुत्तीर्ण गराउनु हुन्थ्यो ।’ यस पटक चौथो सेमेस्टरको परीक्षामा पनि बदनियत राखी प्रयोगात्मक तर्फ अनुत्तीर्ण गराई विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजेको नेविसंघको आरोप छ ।

यसबारे सम्बन्धित शिक्षकसँग छलफल गर्न शिक्षालय जाँदा उत्तेजित हुने खालको अभिव्यक्ति दिएको र बाहिर आउनुको सट्टा कोठामा चुकुल लगाएर बसेपछि सामान्य भनाभन र तानातान भएको नेविसंघले जनाएको छ । शिक्षक रानाभाटलाई हटाउन माग राख्दै उनीहरूले तालाबन्दी समेत गरेका छन् । शिक्षक रानाभाटले भने आफूले प्रयोगात्मक परीक्षामा फेल नगराएको दाबी गरेका छन् । 

प्रकाशित: Jul 25, 2024| 19:44 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्