मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त, मुख्यसचिवमा लिलादेवी

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त, मुख्यसचिवमा लिलादेवी

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Kumaribank

उपाध्यक्षमा नियुक्त अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्। अधिकारी यसअघि योजना आयोगको सदस्य थिए ।

यसैगरी मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन्। वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवकै नियुक्ति दिएको हो। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।

प्रकाशित: Jul 25, 2024| 17:09 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्