मंगलबार, भदौ २४, २०८२

मुम्बईमा भारी वर्षाले उडान प्रभावित

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

vianetvianet

मुम्बई- मुम्बई र यसका उपनगरमा परेको भारी वर्षाका कारण एयर इन्डियाका उडान प्रभावित भएको छ। मौसमी समस्याका कारण केही उडान रद्द गरिएको छ। केही उडान अन्यत्र मोडिएको जनाइएको छ।

Kumaribank

उडान प्रभावित भएपछि बिहीबारका निम्ति बुकिङ फिर्ता गरिएको एयर इन्डियाले जनाएको छ। एयरलाइन्सले एउटा लिंक सार्वजनिक गर्दै  यात्रुलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। यात्रुका निम्ति एयरलाइन्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी सार्वजनिक गरेको छ।

एयरलाइन्सले भारी वर्षाका कारण सम्भावित अवरोधको चेतावनी दिँदै मुम्बई आउने र जाने उडान प्रभावित हुन सक्ने जनाएको छ। बुधबार वर्षाका कारण मुम्बई जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको थियो। सार्वजनिक यातायातमा बाधा पुग्दा धेरै यात्रु असुविधामा परेको जनाइएको छ।

बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईका सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ। बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ।

मुम्बईका पानी आपूर्ति केन्द्रमा भारी वर्षासँगै भण्डारण वृद्धि भएकाले विहार, तुलसी, तानसा र मोदकसागरलगायत जलाशय भरिएको छ। यो अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ।

Metro Mart

भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका निम्ति ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ। महाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ।

यस्तै, महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरि र सिन्धुदुर्ग जिल्लामा पनि वर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ। रासस/एएनआई

प्रकाशित: Jul 25, 2024| 16:44 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्