शनिबार, भदौ ६, २०८३

स्रोत नखुलेको १२ लाखसहित तनहुँबाट दुईजना पक्राउ

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

तनहुँ- स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्।

तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो।

काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो।

प्रकाशित: Jul 25, 2024| 09:10 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्