शनिबार, जेठ १६, २०८३

सुरुङमार्गमा काम गर्ने एक मजदुरको मृत्यु

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

हेटौँडा- मकवानपुरको बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ। सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्।

आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उहाँसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

थिङको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 24, 2024| 20:52 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्