शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बगरमा तरकारीखेती गरी मनग्य आम्दानी

 |  बिहीबार, साउन १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा व्यस्त छन्। घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै खेतमा परवल टिप्न पुग्छन्।

triton college

बागमती बगरमा परवल टिप्ने किसानको सङ्ख्या अत्यधिक छ। कोही बाल्टिन लिएर र कोही बोरामा परवल टिपिरेहका छन्। परवल बजारसम्म पुर्‍याउन उनीहरुलाई भ्याइनभ्याइ भइरहेको छ।

केही समय पहिलासम्म बालुवाको थुप्रोको रुपमा रहेको बगरमा अहिले तन्न परवल उत्पादन गरिएको छ। नदी उकास बगरमा विपन्न किसान परवल उत्पादन गरिरहेका छन्। वैदेशिक रोजगारका लागि पाँच वर्ष मलेसिया बसेर एक वर्षअघि मात्र घिसिङ नेपाल फर्किएका हुन्। नेपालमा केही समय बसेपछि फेरि विदेश फर्कने उनको योजना थियो। तर परवलको आम्दानीले अब उनी विदेश नजाने सोचमा छन्।

छिमेकीले परवल उत्पादन र बिक्रीबाट गरेको मनग्य आम्दानी थाहा पाएपछि घिसिङ पनि तरकारी उत्पादनमा लागेका हुन्। नेपालमै विदेशको सरह मेहनत गरे कमाइ पनि विदेशमा सरह हुने रहेछ भन्ने उनलाई विश्वास लाग्यो। उनले भने, 'विदेशमा जस्तै काम गर्ने हो भने, घर परिवारसँगै बसेर परिवार मज्जाले पाल्न सक्छु भनेर परवल खेतीमा लागेँ।'

विदेशको कमाइसगँ बागमती बगरको परवल खेतीको हिसाबकिताब गर्दा परवल खेतीले जितेपछि विदेश नजाने निर्णयमा पुगेको उनको भनाइ छ। उनले भने, 'बागमती बगरमा पसिना मिसाउने संकल्प गरेँ,  परिवारको समेत साथ पाएपछि बगरको खेतीले फेरि विदेश सम्झनु परेको छैन।'

Metro Mart
vianet

घिसिङले परवल खेतीसँगै दूध उत्पादनका लागि पशुपालनसमेत गरिरहेका छन्। उनले झन्डै १० कठ्ठा बगरमा परवल खेती गरेका छन्। परवल खेतीबाट मात्र वर्षमा सबै खर्च कटाएर सात लाखसम्म कमाइ हुने उनको दाबी छ। परवल किलोको १० देखि एकसय सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ। अन्य खेतीबाट पनि मेहनत अनुसारको कमाइ भइरहेको घिसिङले बताए।

बागमती नगरपालिका-४, का धनबहादुर लामाले पनि विगत पाँच वर्षदेखि परवल खेती गरिरहेका छन्। स्थानीयको खेती देखेरै आफू पनि परवल खेतीमा आकर्षित भएको उनको भनाइ छ। मौसम १० कठ्ठामा एक बजारमा ३ हजार पाँचसय किलोसम्म परवल टिपेर बेचेको उनले बताए।

परिवारमा आर्थिक उपार्जनको कुनै उपाए नभएका उनलाई पनि बगरमा सुरु गरेको परबर खेतीले नै भर दिएको छ। काँश र अन्य घाँसले ढाकेको यस बगरलाई बागमती नगरपालिकाको पहलमा सुकुम्वासी किसानलाई व्यवस्थित ढंगले बाँडेर खेती गर्न दिएको हो। त्यसयता मेहनतमा रमाउने किसानका लागि बगरमा परवल खेती कमाइको बलियो आधार बनिरहेको छ।

नगरपालिकाको पहलमा बागमती नदीले छाडेको चार सय बिघा क्षेत्रफलमा एक हजार आठ सय परिवारले खेती गर्ने गरेका बागमती नगरपालिका-४ का वडाध्यक्ष कृष्णकुमार लामाले जानकारी दिए। बगर खेतीले विपन्न सुकुम्वासी परिवारलाई दैनिक हातमुख जोड्न निकै सहज भइरहेको उनको भनाइ छ। रासस

प्रकाशित: Jul 25, 2024| 06:01 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्