आइतबार, मंसिर २८, २०८२

मधुवनमा वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

गुलरिया- बर्दियाको मधुवन नगरपालिकाका- ३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ।

National life

डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको  बीमा गरेको हो।

मधुवन- १, २ र ३ नं वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले सामूहिक दुर्घटना बीमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिए। कुल ३५ करोड १२ लाख रूपैयाँ बीमांक जम्मा गरिएको नले बताए।

'अन्य कुरामा पनि बीमा कम्पनीसँग सहकार्य जारी भएकाले बीमाको थप बीमाका कार्यक्रम बढाउँदै लैजान्छौँ। बीमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गतेसम्म एक वर्ष कायम रहने छ', उनले भने।

दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत टंक गुरुङ बताउँछन्। दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुटा बयान दिइ अनुचित लाभ उठाउन खोजे, बीमा ऐन २०४९ बमोजिम बीमा समितिले बीमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी परे बीमा भुक्तानी नहुने प्रावधान छ।

Laxmi sunrise bank
kumari

वन्यजन्तुबाट दुर्घटना भइ मृत्यु भएको अवस्थामा बीमा रकम दुई लाख रूपैयाँ उपलब्ध गराइने अधिकृत गुरुङले बताए।

लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बीमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउँछन्। रासस

प्रकाशित: Jul 25, 2024| 06:31 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्