शनिबार, जेठ १६, २०८३

हेटौंडामा दम्पती मृत फेला, हत्यापछि आत्महत्याको आशंका

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

हेटौंडा उपमहानगरपालिका- ५ भैरवरोडमा दम्पती मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी र ५६ वर्षीय अम्बिका भण्डारी मृत भेटिएका हुन्।

दम्पती आफ्नै घरमा मृत भेटिएका हुन्। घटनास्थल हेर्दा श्रीमानले श्रीमतीको हत्या गरेपछि आफू झुन्डिएको देखिएको प्रहरीले बताएको छ।

महिलाको घाँटीमा गहिरो चोट देखिएको बताइएको छ। मकवानपुरका प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुगेको छ।

प्रकाशित: Jul 24, 2024| 18:48 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्