शनिबार, जेठ १६, २०८३

किड्नी दान नपाएको भए अहिले मेरो १७ औं पुण्यतिथि हुन्थ्यो: ओली

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले किड्नी दान नगरेको भए अहिले आफ्नो १७ औँ पूण्यतिथि हुने टिप्पणी गरेका छन्। उनले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको पनि बताए।

बुधबार डा. अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए।

उनले भने, ‘दान एउटा महान काम हो। जसलाई आवश्यक छ त्यसलाई दान दिनू। मेरो किड्नी फेल भयो किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दान दिए। दान लिएको किड्नी राखेर म हिँडिरहेको छु। दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त यसले देखिन्छ। किड्नी दान नगरेको भए त अहिले मेरो १७ औं पुण्यतिथि हुन्थ्यो।’

प्रकाशित: Jul 24, 2024| 18:39 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्