मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चीनसँग जोडिएको मुगुको नाक्चे लाग्ना र डोल्पाको मायुम्ला नाका दुई साता खुल्ने

चीनसँग जोडिएको मुगुको नाक्चे लाग्ना र डोल्पाको मायुम्ला नाका दुई साता खुल्ने

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

मुगु- मुगुस्थित नेपाल-चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ। 

National life

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताए। चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए। नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ थियो।

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन्। अस्थायी नाका खोल्न र हाटबजार नियमितरुपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूताबास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो।

मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुनेगरेको छ।

नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन्। मुगुम कार्मारोङ गाउँपालिका-१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउँछन्।

Laxmi sunrise bank
kumari

सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमि सडक बनाउने कार्य अघि बढेको छ। हालसम्म १७ किमि सडकको ट्र्याक खोल्ने काम सकिएको छ। नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो। रासस

प्रकाशित: Jul 24, 2024| 18:39 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्