सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जहाज दुर्घटनामा १५ जनाको मृत्यु: प्रहरी, प्राधिकरण भन्छ- १८ जनाको शव निकालियो

जहाज दुर्घटनामा १५ जनाको मृत्यु: प्रहरी, प्राधिकरण भन्छ- १८ जनाको शव निकालियो

 |  बुधबार, साउन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

vianetvianet

काठमाडौं- बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

पछिल्लो अपडेटअनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो।

मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए। उद्धार गरिएका मध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र एक जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ। यसअघि उद्धारकर्ताहरुले १८ जनाको शव निकालिएको र क्याप्टेनको मात्रै जीवितै उद्धार गरिएको बताएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले पनि १८ जनाको शव निकालिएको जानकारी दिएको छ। प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा भनिएको छ, 'आज मिति २०८१ साउन ९ गते तदनुसार २४ जुलाइ २०२४ बुधबारका दि सौर्य एयरलाइन्सको CRJ7 (Reg-9NAME) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जानकारी गराइन्छ।'

प्रकाशित: Jul 24, 2024| 13:13 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्