आइतबार, मंसिर २८, २०८२

जहाज दुर्घटनामा १५ जनाको मृत्यु, चारको उपचार हुँदै: प्रहरी

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

काठमाडौं- बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

National life

पछिल्लो अपडेटअनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो।

मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए। उद्धार गरिएका मध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र एक जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ। यसअघि उद्धारकर्ताहरुले १८ जनाको शव निकालिएको र क्याप्टेनको मात्रै जीवितै उद्धार गरिएको बताएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले पनि १८ जनाको शव निकालिएको जानकारी दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 24, 2024| 12:59 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्