मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • १८ जनाको शव निकालियो, आँखामा चोट लागेका क्याप्टेनको उपचार हुँदै

सौर्य जहाज दुर्घटना

१८ जनाको शव निकालियो, आँखामा चोट लागेका क्याप्टेनको उपचार हुँदै

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

काठमाडौं- त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।

National life

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन्। यो संख्या बढ्न सक्ने अनुमान छ। विमानमा सवार अधिकांशको मृत्यु भएको आशंका छ।

क्याप्टेन मनिष शाक्यको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको छ। आँखामा चोट लागेका उनको अवस्था सामान्य नै छ र उनी राम्रोसँग बोल्न सक्छन्।

आज बिहान करिब ११ बजे सौर्य एयरलाइान्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।

प्रकाशित: Jul 24, 2024| 12:32 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्