आइतबार, भदौ २३, २०८१

nespernesper

दुर्घटनाग्रस्त विमानमा रहेका अधिकांशको मृत्यु

 |  बुधबार, साउन ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा अधिकांश यात्रुको मृत्यु भएको उद्धारकर्ताहरुले बताएका छन्।

triton college

जहाजमा चालक दलका सदस्य र यात्रु कति थिए भन्ने यकिन खुलेको छैन तर विमानमा १९ जना रहेको विवरणहरु आइरहेका छन्। उद्धारकर्ताहरुले केही शव निकालेका छन् र उद्धार जारी छ।

क्याप्टेन मनिष शाक्यको भने जीवितै उद्धार गरी अस्पताल लगिएको छ।

सौर्य एयरलाइन्सका अनुसार पोखरामा रहेको अर्को जहाज मेन्टेनेन्सको लागि कर्मचारीहरू लैजान लागिएको थियो। जहाजमा अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको हो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको छ।

Metro Mart
vianet

प्रकाशित: Jul 24, 2024| 12:12 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्