मंगलबार, असार १०, २०८२

दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेनको उद्धार

 |  बुधबार, साउन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

vianetvianet

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

जहाजमा अरु चालक दलका सदस्य को को थिए र कति यात्रु थिए खुलेको छैन। उनीहरुको अवस्था अज्ञात छ। सौर्य एयरलाइन्सका एक अधिकारीका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित सो विमानसेवा कम्पनीका झन्डै १७ कर्मचारी थिए।

पोखरा उड्ने क्रममा जहाज दुर्घटना भएको प्रारम्भिक विवरण आएको छ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। जहाजबाट धुवाँ आएको देखिएपछि उद्धारका लागि प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

प्रकाशित: Jul 24, 2024| 11:51 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्