सोमबार, असार ९, २०८२

बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

 |  बुधबार, साउन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

vianetvianet

काठमाडौं- भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर ६ डेकोचामा व्यासीबाट कमलविनायक जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मंगलबार राति पौने ९ बजे बागमती ३ ख ५०८० नम्बरको बसले अचानक एक पुरूषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका पुरूषलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो। पहिचान नखुलेको शव सोही अस्पतालमा राखिएको छ।

बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० घर भई भक्तपुर आदर्श बस्ने ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Jul 24, 2024| 11:19 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्