बुधबार, भदौ २५, २०८२

अविरल वर्षापछिको पहिरोबाट नौ परिवार विस्थापित

 |  बुधबार, साउन ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ९, २०८१

vianetvianet

त्रिशूली- अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन्। पहिरोले एकघर र पसल बगाएको छ। सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो। 

Kumaribank

वडा नं ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा त्यहाँ रहेका रु १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्णरूपमा क्षति पुगेको जानकारी दिए। 

अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन्। पहिरोले घरमा क्षति पुर्‍याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले गुनासो गर्नुभयो। उहाँसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन्।

उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएको थिए। अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितको गुनासो छ। 

प्रकाशित: Jul 24, 2024| 08:14 बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्