शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लोकन्थलीमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

 |  मंगलबार, साउन ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

triton college

काठमाडौंबाट भक्तपुरतर्फ आउने सडक खण्डको बायाँतर्फ साइडमा बिग्रेर रोकी राखेको लुम्बिनी २ ख १९०४ नम्बरको खाली टिपरको पछाडिको भागमा सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००६ प ९०३५ नं को स्कुटर अचानक अनियन्त्रित भई ठोक्किन पुगेको थियो। दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तेह्रथुम साप्ला-५ घर भई हाल भक्तपुर कौशल्टार सागबारी बस्ने वर्ष २१ वर्षीय नवीन पुदुङ (लिम्बु) गम्भीर घाइते भई तत्कालै इन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो। 

दुवै सवारीसाधन र टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका-१० बस्ने वर्ष २६ का पुजन शाहलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 23, 2024| 18:46 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्