आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

nespernesper

पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

मकवानपुर- काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाएपछि हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

triton college

राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा-काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो। 

कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका-७ न्यासुरमा राति गएको पहिरो हटाइ आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।

यसैबीच, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए। 

प्रकाशित: Jul 23, 2024| 18:01 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्