शनिबार, चैत २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्साबाट भन्सार छली ल्याइएका ३४ करोड २७ लाख रूपैयाँ बराबरका सामान बरामद

पर्साबाट भन्सार छली ल्याइएका ३४ करोड २७ लाख रूपैयाँ बराबरका सामान बरामद

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

पर्सा- यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ रूपैयाँ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ।

National life

सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नौ करोड ८९ लाख ३७ हजार तीन सय ८२ रूपैयाँ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए।

'भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ', उनले भने, 'बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ। सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ।'

सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ रूपैयाँ मूल्य बराबरका अवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ।

सोही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ रूपैयाँ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ।

kumari

सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ रूपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको थियो। रासस

प्रकाशित: Jul 23, 2024| 18:31 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्