मंगलबार, पुस ८, २०८२

काठमाडौंकै स्कुलमा बाढी पसेपछि यो हालत

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौंको बाफलस्थित ज्ञानोदय माविमा बाढी पसेपछि पठनपाठन नै बन्द गर्नुपरेको छ। सोमबार राति परेको वर्षाका कारण मनमती खोलामा आएको बाढी विद्यालय परिसरमा पसेको हो।

National life

बाढीसँगै हिलो र लेदो पसेका कारण तल्लो तलका १७ वटा कोठा पूर्ण रूपमा डुबाएको छ। ती कोठामा कक्षा सञ्चालन हुन नसकेपछि पठनपाठन बन्द गरिएको हो।

विद्यार्थी संख्याका आधारमा ज्ञानोदय काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूलो विद्यालय हो। यहाँ ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

 

प्रकाशित: Jul 23, 2024| 12:33 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्