शुक्रबार, जेठ १५, २०८३

मनसुनजन्य विपद्‌का कारण १३१ जनाको मृत्यु

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१
National life
Shivam cement

काठमाडौं- बाढी, पहिरोलगायतका विपद्मा परी मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ। बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ। 

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। पाँच सय ९४ वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्। 

प्रकाशित: Jul 23, 2024| 07:37 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्