मंगलबार, पुस ८, २०८२

सर्वोच्च परिसरमै प्रहरी कुटिएपछि...

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सर्वोच्च अदालत परिसरभित्रै प्रहरीलाई कुटपिट गर्ने एक महिला पक्राउ परेकी छिन्। सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेकी थिइन्। 

फैसलाको नक्कल लिनका लागि आएको बताए पनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचयपत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवालजवाफ भएको थियो। विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभावी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए।

महिला प्रहरीले उनलाई कार्यालयको कोठाबाट बाहिर निस्कन आग्रह गरिरहेका बेला कपालमा समातेर भुत्ल्याउन थालेकी थिइन्। त्यसपछि उनलाई सर्वोच्चमा तैनाथ प्रहरीले हिरासतमा लिएर प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो। अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।

प्रकाशित: Jul 22, 2024| 19:11 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्