आइतबार, भदौ २३, २०८१

nespernesper

प्रयोग नगरेको विद्युत महसुल तिर्नुपर्दैन: प्रधानमन्त्री ओली

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराएका छन्।

triton college

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गरे।

उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने उनको भनाइ थियो।

'मलाई कुनै लप्पन छप्पन गर्नु छैन। मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन। देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु। अब पनि त्यही गर्छु', प्रधानमन्त्री ओलीले भने, 'मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन। माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरीमा रहँदैन। कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन। राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ। आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ। सदन सदन जस्तै होस्।'

प्रकाशित: Jul 22, 2024| 15:45 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्