आइतबार, चैत २९, २०८२

पर्यटन व्यवसायी पाण्डेको निधन

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ। पाण्डेको सोमबार बिहान निधन भएको हो।

National life

सांग्रिला होटल ग्रुपका संस्थापक अध्यक्ष पाण्डे होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष पनि हुन्। पाण्डे धेरै अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन्।

९० वर्षीय पाण्डेका दुई छोरा प्रसिद्धबहादुर पाण्डे र प्रविणबहादुर पाण्डे छन् भने एक छोरी छन्।

लामो समयदेखि अस्वस्थ रहेका पाण्डेलाई केही दिन अगाडि ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएकामा उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज १ बजेदेखि ३ बजेसम्म वसुन्धारा निवासमा राखिनेछ। त्यसपछि आजै ३ बजेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने भएको छ।

पाण्डे होटल सांग्रिलाका संस्थापक अध्यक्ष हुन्। नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएका पाण्डेले काठमाडौंसहित पोखरा र चितवनमा पनि तारे होटल स्थापना गरेर पर्यटकहरुलाई सेवा पुर्‍याइरहेका छन्।

kumari

 

प्रकाशित: Jul 22, 2024| 12:57 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्