बुधबार, भदौ २५, २०८२

पूर्व राज्यमन्त्री राय हत्या प्रकरण

बेलुकासम्म जग्गाको विषयमा छलफल, राति हत्या

 |  सोमबार, साउन ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

vianetvianet

काठमाडौं- पूर्व राज्यमन्त्री रामचन्द्र रायको घरमा बास बसेका तीन जना मिलेर उनको हत्या गरेको खुलेको छ। छलफलको बहानामा आएर रायको घरमा सुतेर राति उनकै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

Kumaribank

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित रायको निवासमा बेलुका अबेर आएका तीन जनाले उनीसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेका थिए।

रायकाो घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीसँग बताएअनुसार राति अबेरसम्म राय र उनीहरूबीच कुराकानी भइरहेको थियो। त्यसपछि रायले नै आफूलाई सुत्नका लागि अर्को कोठामा पठाएको बयान ती युवकले प्रहरीसमक्ष दिएका छन्।

ती युवकले राति शौचालय जान निस्किँदा राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेका थिए। आफन्तले प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो।

ती युवकले बेलुका आएर रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन्। यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनको भनाइ छ।

Metro Mart

रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ। प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङबाट धारिलो हतियार दाउ फेला पारेको जनाएको छ। संदिग्ध व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 22, 2024| 12:38 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्