मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • असी वर्षका रायको कसले गर्‍यो हत्या ? घरमा काम गर्ने एकजना प्रहरीको नियन्त्रणमा

असी वर्षका रायको कसले गर्‍यो हत्या ? घरमा काम गर्ने एकजना प्रहरीको नियन्त्रणमा

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

National life

८० वर्षीय रायको गए राति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै घरमा हत्या भएको थियो। रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए। उनैले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ।
घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंह सहितको टोली पुगिसकेको छ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन्। उनको हत्या कसले र किन गर्‍यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।

प्रकाशित: Jul 22, 2024| 11:23 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्