आइतबार, भदौ २३, २०८१

nespernesper

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

काठमाडौं- पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो।

triton college

राति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी उनको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन्। घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंह सहितको टोली पुगिसकेको छ।

उनको हत्या कसले र किन गर्‍यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।

प्रकाशित: Jul 22, 2024| 11:04 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्