मंगलबार, पुस ८, २०८२

चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, सबैभन्दा बढी चित्तल

 |  सोमबार, साउन ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन ७, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन्। ती मध्ये सबैभन्दा बढी चित्तल छन्। 

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए। यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन्। ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए। 

यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन्। रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए। ती सबै प्राकृतिक कारणले मरेका हुन्। पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन्।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन्। एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन। मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए। मृतावस्थामा भेटिएका जनावरमध्ये ७० जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ। उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन्। ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए। चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ। अन्य जनावर नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 22, 2024| 09:08 सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्