आइतबार, चैत २९, २०८२

दैनिक ९७ सडक दुर्घटना, औसत सात जनाको मृत्यु

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन्। ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन्।

National life

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन्। सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन्।

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ। गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल/स्कुटर, छ हजार आठ सय ३७ कार/जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल/रिक्सा, एक हजार चार सय ६८ ट्रक/ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो/म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए।

ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा रु एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ। गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो।

प्रकाशित: Jul 21, 2024| 21:38 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्