आइतबार, मंसिर २८, २०८२

१०६ वर्ष पुरानो दमकल सडकमा निस्किएपछि...

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

पाटन- ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याएको छ।

National life

महानगर क्षेत्रमा हुन सक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्न महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

ललितपुरका मेयर चिरीबाबु महर्जनले ४२ वर्षदेखि यसको पार्टस नपाएका कारण थन्काएर राखे पनि अहिले अमेरिकाबाट पार्टसहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए।  

पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले बताए। यो दमकल बेलायतले उपहार दिएका मध्येकै एक हो। त्यतिबेला बेलायतले तीनवटा दमकल नेपाललाई दिएको थियो। डेनिस कम्पनीको यो दमकल अब नियमित प्रयोगमा आउनेछ। योसँगै महानगरमा दमकलको संख्या सात पुगेको छ। रासस

प्रकाशित: Jul 21, 2024| 20:34 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्