मंगलबार, पुस ८, २०८२

प्रधानमन्त्री ओलीले पाए संसद्को दुईतिहाइ मत

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन्। 

National life

विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट उनले १८८ मत पाएका हुन्। दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ।

प्रधानमन्त्री ओलीलाई ८८ मत कांग्रेसबाट र ७७ मत उनको दल एमालेबाट आएको छ। यस्तै, जसपा नेपाल र जसपाबाट १२, जनमत पार्टीबाट ६, नागरिक उन्मुक्ति पार्टीबाट चार, लोकतान्त्रिक समाजवादी पार्टीबाट चार र दुई स्वतन्त्र सांसदले मत दिएका छन्।

उनको विपक्षमा ७५ मत परेको छ। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टीले उनलाई मत दिएनन्। 

यस्तै, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय जनमोर्चा तथस्ट बस्यो। २७५ सदस्यीय प्रतिनिधि सभामा आज २६३ सांसद उपस्थित थिए। 

Laxmi sunrise bank
kumari

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री चयन भएका हुन्। दुई दलबीच असार १७ गते सात बुँदे सहमति भएको थियो। उनी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन्।

संविधानको सोही धाराको उपधारा ४ बमोजिम ओलीले विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Jul 21, 2024| 18:43 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्