मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

चितवन- प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए। उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित: Jul 21, 2024| 16:47 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्