मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा, कांग्रेसको नेतृत्वमा सरकार बन्ने

बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा, कांग्रेसको नेतृत्वमा सरकार बन्ने

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन्।

National life

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए। प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन्। 

यसैगरी, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आइतबार बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। लामा संसदीय दलको नेता छन्। बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन्।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकाङ्क्षा राखेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2024| 15:28 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्