मंगलबार, पुस ८, २०८२

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्छ: देउवा

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने बताएका छन्।

National life

आइतबार प्रधानमन्त्रीले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतितर्फ लैजाने बताएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषद्‍मा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ। उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु,' उनले भने।

मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाले बताए। राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने दाबी गरे।

१७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गरे। सात बुँदे सहमति आजमात्रै ओलीले संसद्‍मा सार्वजनिक गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2024| 15:02 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्