सोमबार, असार ९, २०८२

प्रधानमन्त्री ओलीले संसद्‍मा सम्झिए बीपीलाई

 |  आइतबार, साउन ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरेका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा ओलीले उनीप्रति विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

'आज आदरणीय नेता बीपी कोइरालाको ४२ स्मृति दिवस पनि हो। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु,' आइतबार संसद्‍ बैठकलाई सम्बोधन गर्दै उनले भने, 'नेपाली समाजको परिवर्तन र रूपान्तरणमा उहाँले पुर्‍याएको योगदानको सम्मान गर्दछु र उहाँप्रति अत्यन्तै आदरभावका साथ श्रद्धाञ्जली अर्पण गर्दछु।'

प्रधानमन्त्री ओलीले बीपीसँगै पुष्पलाल श्रेष्ठ, गणेशमानसिंह र मदन भण्डारीलाई पनि स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए। हालै प्रधानमन्त्री नियुक्त भएका ओली आज संसद्‍बाट विश्वासको मत लिँदैछन्।

प्रकाशित: Jul 21, 2024| 14:19 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्