मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुकुमपश्चिममा बाढी र पहिरोका कारण ४८ घरपरिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

रुकुमपश्चिममा बाढी र पहिरोका कारण ४८ घरपरिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

त्रिवेणी- रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन्। आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ।

National life

जिल्लामा बाढी र पहिरोका कारण एक हजार छ सय ६१ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। बाढी र पहिरोको उच्च जोखिममा आठबिसकोट नगरपालिकाकै घर धेरै रहेको समितिको भनाइ छ।

आठबिसकोटमा नगरपालिकामा एक हजार पाँच सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। उनका अनुसार बाँफिकोट गाउँपालिकामा ५४ र मुसिकोट नगरपालिकामा ५० घरपरिवार उच्च जोखिममा छन्। उक्त परिवार जोखिममै बस्न बाध्य छन्।

जोखिममा रहेका घर परिवारलाई तत्काल अस्थायी आश्रयस्थलका लागि जिल्ला विपत् व्यवस्थापन समितिले टेन्ट माग गरेको छ। तत्कालका लागि एक हजार सात सय नौ थान टेन्टलगायतका अत्यावश्यक सामग्रीको व्यवस्था गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष माग गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

जिल्लामा पर्ने मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग तथा अन्य ग्रामीण सडक मनसुनजन्य विपत्का कारण अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै सडक अवरोध हटाउनका लागि डोजर, सडक मजदुरलगायतका स्रोत साधनहरू तयारी अवस्थामा राखिएको बताएको छ।

Laxmi sunrise bank
kumari

गत सोमबार राति आठबिसकोट नगरपालिकाको १२ गिजागार खोलामा बाढी आउँदा झिनचौर बगरमा अस्थायी आवासमा सुतिरहेका तीन बालिकाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्। विस्थापित परिवारलाई नजिकै रहेको कर्णाली वेभरेज र काष्ठ उद्योगमा स्थान्तरण गरिएको विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ।    -रासस

प्रकाशित: Jul 21, 2024| 09:31 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्